
काठमाडौ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ६.२२ अंकले घटेर १६६१.७२ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेर ३४८.९७ अंकमा झरेको छ ।
बुधबार बजारमा १५९ कम्पनीको ८६४७ कारोबारबाट २८ लाख ३२ हजार ४४५ कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड ६२ लाखख रुपैंयाभन्दा बढिको किनबेच भएको छ ।
बुधबारको बजारमा होटल र बीमा बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।
बजारमा नागरिक लगानी कोष, नेपाल लाईफ इन्स्योरेन्स कम्पनि, स्ट्याण्डर्ड चार्टड बैंक लगायतले ३ करोडभन्दा माथिको कारोबार गरेका छन् ।
प्रकाशित मितिः२०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार १६:१२ मा प्रकाशित