back
NMB ad

बिमस्टेक बैठक काठमाडौंमा सुरु हुँदै,प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

Kumari bank ad

काठमाडौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) को १५औं मन्त्रीस्तरीय बैठक आजदेखि काठमाडौमा सुरु हुँदैछ। मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् ।

मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ। सचिव स्तरीय बैठक बिहीबार हुनेछ। सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्नेछ। दूई दिनसम्म चल्ने बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरुको उपस्थिति रहनेछ। मन्त्रीस्तरीय बैठक दुई दिनसम्म चल्नेछ। उक्त बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन्।

बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मार र थाइल्यान्ड सदस्य रहेका छन्। नेपाल सन् २०१५ देखि नेपालले बिमस्टेकको अध्यक्षता गर्दै आएको छ। अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यो वर्ष बिमस्टेकको सम्मेलन गर्दैछ। सम्मेलनको मिति मन्त्रीस्तरीय बैठकले तय गर्नेछ।

बैठकमा सदस्य राष्ट्रहरुबीचको व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद नियन्त्रण गरिबी निवारण लगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...