back
NMB ad

चिया नीति कार्यान्वयन नहुँदा किसान र व्यवसायी दुवै मर्कामा

Kumari bank ad

इलाम। राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ ।

‘वि।सं।२०५७ सालमा राष्ट्रिय चिया नीति आएको थियो जसमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने लगायतका बुँदाहरू समेटिका छन् । नीतिमा किसान तथा उद्यमीलाई प्रोत्साहित गर्नका लागि विभिन्न काम गर्ने, चिया खेती विस्तार गरी वातावरण संरक्षणमा सहयोग पु¥याउने लगायतका उद्देश्यहरू राखिएका छन् । पछिल्लो समय चियामा समेत ‘राजनीतिकरण’ हुँदै गएको र त्यसको मर्का साधारण किसान तथा उद्यमीमा परेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालको भनाइ छ ।

सरकारीस्तरबाट बेवास्ता भएको र राजनीतिक पार्टीमा आबद्ध किसान तथा व्यवसायीको मात्र समस्या सुनुवाइ हुने गरेको छ । “चियामा राजनीतिक पार्टीमा आबद्ध किसानको मात्र सुनुवाइ हुन्छ”, उनले भने, “तर साधारण किसानको भने समस्या जस्ताको तस्तै छ ।”

चिया उद्यमीलाई ६ वर्षसम्म सुलभ दरमा कर्जा उपलब्ध गराउने चिया नीतिमा लेखिएको छ । तर आजसम्म एक रूपैयाँ पनि त्यो शर्तमा कर्जा उपलब्ध गराइएको छैन । चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनु परेको व्यवसायीको बुझाइ छ । सरकार, चिया तथा कफी विकास बोर्डलगायत चियासँग सम्बन्धित संस्थाहरूले समेत चियाका बारेमा चासो नदिँदा यो अवस्था आएको चिया विज्ञ चन्द्रभूषण सुब्बाको भनाइ छ ।

“सरकारी निकायमा बसेका व्यक्तिहरू चिया नीतिलाई संशोधन नै गर्न चाहँदैनन् किनकि उनीहरूको यो चिया नीतिबाट फाइदै फाइदा छ”, सुब्बाले भने, “चिया क्षेत्रमा सक्षम व्यक्तिको अभाव भएकाले पनि चियाका बारेमा चासो नदिएको हो ।” चियाका बारेमा पटक पटक दवाब दिँदासमेत सुनुवाइ नभएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त अर्यालले नीतिमा भएका कुरालाई कार्यान्वयन गराउनका लागि आफूहरू सरकारसँग पटक पटक बैठक बसिरहेको बताए।

अर्यालले सरकारले चिया उद्यमीलाई ऋण दिने भन्ने विषय नीतिमा नै उल्लेख भएकाले त्यसको सरकारबाट पूर्णपालना हुनुपर्ने बताउनुभयो । नेपालमा आव २०७२/७३ मा दुई करोड ४२ लाख ७३ हजार ७४४ किलोग्राम चिया उत्पादन भएको थियो । नेपालमा २६ हजार ६८८ मिटर क्षेत्रफलमा चिया खेती हुन्छ भने १७ हजार २४५ किसान चिया खेतीमा आबद्ध छन् ।रासस

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार १५:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...