back
NMB ad

फ्लोरिकल्चरको ७ दिने कटफ्लावर पसल ब्यबस्थापन तालिम सुरु

Kumari bank ad

काठमाडौ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब ले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ ।

तालिमकै अवधीमा खुद्रा पसलको अबलोकन, कट फ्लावर लामो समय टिकाउ बनाउने तरिका, बिभिन्न कार्यक्रमहरुमा गरिने पुष्प सजावटको तरिकाहरु पनि सिकाइने फ्लोरिकल्चर एशोसिएशन तालिम संयोजक बिश्वमणि पोखरेलले जानकारी दिए ।

कट फ्लावर सप एरेन्जमेन्ट तालिमका प्रमुख अतिथी नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारीले उत्पादनको अन्तिम ढोका खुद्रा पसल भएकोले खुद्रा पसलको ब्यबस्थापन तालिम सबै ब्यबसायीका लागि महत्वपूर्ण हुने बताए ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल २५ बर्षमा लागेको र अब युवा भइसकेको बताउँदै फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठले फ्लोरिकल्चर उद्योगको बिकास र बिस्तारका लागि सरकार र नीजी क्षेत्र सँगै अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरे । देश नै प्रादेशिक संरचनामा गइसकेको अबस्थामा फ्लोरिकल्चर क्षेत्रका बिबिध गतिबिधीहरु, तालिम र मेला पनि प्रादेशिक संरचनामा गर्नुपर्ने अबस्था आइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए ।

नेपालमा संख्यात्मक रुपमा कट फ्लावर सपहरु खुलेपनि गुणात्मक बन्न नसकेका खुद्रा पसलहरुलाई यो तालिमले फाइदा पुग्ने बिश्वास फ्यानले गरेको अध्यक्ष कसजुले बताए ।

कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका उपसचिब शिरिष पुन, पुष्प बिकास केन्द्रका प्रमुख द्रोण राज काफ्ले, जिल्ला कृषि बिकास कार्यालय काठमाडौंका प्रमुख यम कुमारी श्रेष्ठ, तालिमका मुख्य प्रशिक्षक नेदरल्याण्डका पम एक्सपर्ट लगायत फ्यानका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः २०७४ भदौ १

वि.सं.२०७४ भदौ १ बिहीवार १४:१९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...