back
NMB ad

रिंगरोडमा मालबाहक सवारी चलाए ५ हजारसम्म जरिवाना

Kumari bank ad

काठमाडौं । सरकारले बिहीबारबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाएको छ ।मालबाहक सवारी साधनलाई बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाइएको हो ।

यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार पेट्रोल, ग्याँस, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुँदैन ।

उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यदि यो नियम उल्लंघन गरे ५ हजारसम्म जरिवाना लाग्नेछ ।

मालबाहक सवारी पार्कीङ स्थल कहाँ तोकियो

अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिएको छ । पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइएको छ । गोदावरीतर्फबाट आउने ट्रकरटिप्परले धापाखेलमा पार्किङ गर्न पाएका छन् ।

त्यस्तै नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिएको छ । दक्षिणकाली नाका भएर आउने ट्रक र टिप्परलाई पनि पार्किङ स्थल तोकिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
यो व्यवस्था लागू भएपछि काठमाडौँको जामलाई धेरै कम गराउन सकिने अनुमान लगाइएको छ ।
प्रकशित मितिः २०७४ भाद्र १

वि.सं.२०७४ भदौ १ बिहीवार १३:५३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...