back
NMB ad

सुस्ताबासीले भारतीय बाँध भत्काइदिए

Kumari bank ad

पाँच दशकदेखि डुबानको पीडा सहँदै आएका नवलपरासीको सुस्ताबासीले गण्डक बाँधको भारततर्फ जाने नहर भत्काइदिएका छन् । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनुपर्ने बताएका छन् ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८–१० मिटर बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेको छैन । स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न दिएको छैन ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । गण्डक बाँधका कारण नवलपरासीको ठूलो क्षेत्र डुबानमा पर्दैआएको छ । सुख्खायाममा भारतीय भूमि हराभरा हुने तर नेपाली भूमि सुख्खै रहने तर वर्षामा नेपाली भूमि डुबानमा पर्ने र भारतीय भूमि सुरक्षित रहने गर्दै आएको छ ।

गण्डक बाँधको मर्मतको जिम्मा भारतको हो भने पानी बाँडफाड बराबरी हुनुपर्ने भए पनि भारतले समयमै मर्मत नगर्ने र सुख्खायाममा पानी नछोड्ने गरिरहेको छ । गण्डक बाँध पीडितहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ १

वि.सं.२०७४ भदौ १ बिहीवार १७:२९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...