back
NMB ad

हात सर्पले लगेपनि,परिश्रम रोकिएको छैन,लक्ष्मी थापाको प्रेरणादायी कथा !(भिडियो)

Kumari bank ad

“बाउले छोरी दिएँ भन्थे नम्बरमा
नाम्लो डोरी टुटेन कम्मरमा ”

रबिना पौडेल, धादिङ (स्थलगत रिपोर्टिङ)। गाउँघरमा दिदीबहिनीहरुले घाँस दाउरा गर्ने बेलामा गाउँने झ्याउरे भाका यस्तै यस्तै हुन्छन् । तर यो भाका भन्दा अलि फरक छ प्रसंग !

सबै भन्दा पहिला हेर्नुस यो तस्वीरlaxmi thapa 6 laxmi 3

laxmi 5 यो तस्वीर हेर्नुभएपछि तपाई आफै अनुमान  गर्नुहोस् । कतै यी तस्विरलाई हेरिरहँदा तपाईको आङ्नै सिरिङ्ग त भएको छैन ?

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालीका मुलपानीकी लक्ष्मी थापा क्षेत्रीको तस्विर हो यो । उनको दाइने हात काटिएको छ । अरुको स्याहार र हेरचाह पाउनु पर्ने उनी आफैँले घाँस दाउरा र मेलापात गरेर परिवार धानेर बसेकी छिन् । उमेरले ३० वर्षकी लक्ष्मी थापा पाखुरामा डोरीले हँसीया बाधेर घाँस काट्छिन् र कोदो टिप्छिन् । यस सम्बन्धमा हामीले विभिन्न समयमा लक्ष्मी थापाको भिडियो लिएका छौं । हेर्नुस् भिडियो ।

एक हातले मात्र सहजै कार्य गर्न सक्ने भएपनि उनी भाँडामाझ्ने, कपडा धुने, नाङ्ग्लो निफन्ने आदी कामहरु आफैं गर्छिन् ।

laxmi thapa 2  भिडियो हेर्नुहोस्

लक्ष्मी थापाले चामल निफन्दै गर्दाको दृष्य

उनी आफ्नो कामका लागि अरुको आशा गरेर बस्दिनन् । बरु अरुले भन्दा पनि छिटो काम गर्छिन् । शील स्वभावकी लक्ष्मीको स्वभाव देख्ने सबै मानिसहरु आश्चयमा पर्दछन् ।

उनी भन्छिन् :“ सुरुमा काम गर्न निकै अप्ठ्यारो हुने गरेको थियो । अहिले भने बानी परेको छ । धेरै काम गर्यो भने हात दुख्छ, आफुले सकेको जति त गर्नेै पर्यो नी !”

कसरी लक्ष्मीको हात चुडियो त ?

लक्ष्मी ८ वर्षको हँुदा मकै पिस्न घट्टमा गएकी थिइन् । उनलाई बाटोमा सर्पले टोकेछ । त्यहि कारण बाल्यकालमा नै दाहिने हात काट्नु पर्यो । उनको दुखको घडी त्यहाँ बाट सुरु भयो ।

उनी भन्छिन् “मलाई अरुसँगै खेल्न, काम गर्न मन लाग्थ्यो तर म सक्दिन थिएँ । तैपनि कोसिस गर्न छोडिन । १२ वर्ष हँुदा देखि आमालाई घरधन्दा सघाउन थालेँ । आफ्नै ढङ्ले काम गरे र आज सबै काम गर्न सक्ने भएकी छु ।”

सिन्धुपाल्चोककी चेली लक्ष्मीले २४ वर्षको उमेरमा त्रिपुरासुन्दरी गाउँपालीका मुलपानीका यमबहादुर थापा सँग प्रेम विवाह गरिन् । सवारीका सहचालक यम बहादुरसँग मेलम्चीमा भेटघाट भएपछि उनीहरुको मन मिलेर  विवाहबन्धनमा बाँधिएको लक्ष्मी बताउँछिन् ।
लक्ष्मी र यम बहादुर विगत १ वर्ष देखि छुट्टिएर बसेका छन् । लक्ष्मीसँगै संगै जीउने संगै मर्ने कसम खाएका यम बहादुर भन्छन्, “आर्थिक अबस्था नाजुक भए पनि श्रीमतिको साथ पाएकोले घर चलाउन ज्यादै सजिलो छ । म धेरै खुसी छु ।”

आखिर कोसिस गर्ने हो भने संसारमा के कुरा असम्भव रहेछ र ? लक्ष्मी थापाले त आफ्नो जीवनसँग हरेस खाएकी छैनन् भने हामीले आफ्नो दुःख गरेर मेहनत गरेर आफ्नो जीवनलाई परिवर्तन गर्न के गाह्रो छ र ? लक्ष्मीबाट सबैले प्रेरणा लिनु पर्दछ ।

प्रकाशित मितिः२०७४ भदौ ३ गते

वि.सं.२०७४ भदौ ३ शनिवार ११:०१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...