back
NMB ad

साताको नेप्से परिसूचक १२.३८ अंकले घट्यो

Kumari bank ad

काठमाडौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.३८ अंकले घटेर अन्तिम दिन १६२९.७५ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार २७४६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९.९५ प्रतिशत कम हो । गत साता १६८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३४७७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.२५ अंकले घटेर ३४२.३४ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१४ करोड ४८ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ९२ हजार कित्ता) को आधारमा नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१४७७ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित मितिः २०७४ भाद्र ३

वि.सं.२०७४ भदौ ३ शनिवार १३:२० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...