काठमाडौ । देव विकास बैंकले सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेले जनाएको छ ।
बैंकले गरेको लाभाांशको उक्त निर्णय राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
प्रकाशित मितिः २०७४ भदौ १२
वि.सं.२०७४ भदौ १२ सोमवार ११:१२ मा प्रकाशित