back
NMB ad

विप्लवका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारीलाई कालो मोसे दले

Kumari bank ad

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) को विद्यार्थी संगठन अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाईदिएका छन् । जिल्ला शिक्षा अधिकारी पौडेलले विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक घुस खाएर नियुक्ति गरेको, घुस दिने शिक्षकलाई समयमै तलब निकासा गर्ने र अन्यको खाता रोक्का गर्ने गरेको, घुस लिएर शिक्षा ऐन विपरित शिक्षकको सरुवा गरेको लगायतका आरोप लगाउँदै अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले दुर्व्यबहार गरेका हुन् ।

सोमबार बिहानै स्रोत व्यक्तिहरुसँगको वैठक चलिरहेको समयमा पुगेका विद्यार्थी नेताहरुले कालो मोसो दलेको एक स्रोत व्यक्तिले बताए । बैठक हलमा प्रवेश गरेका युवाहरुले सुरुमा नमस्कार गर्दै हालखबर सोधेका थिए । त्यस लगत्तै उनीहरुले कालो मोसो दल्न थाले पछि जिल्ला शिक्षा अधिकारी पौडेलले प्रतिवाद गर्दा हातपात समेत भएको थियो ।

हातपातका कारण पौडेलको टाउकोमा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । मोसो दले लगत्तै उनीहरु त्यहाँबाट भागेका थिए । मोसो दल्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ भदौ १२

वि.सं.२०७४ भदौ १२ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...