back
NMB ad

सेन्चुरी बैंकको ४० % हकप्रद सेयर भर्ने म्यादमा १५ दिन थप

Kumari bank ad

काठमाडौ । सेन्चुरी बैंकले ४०प्रतिशद हकप्रद सेयर भर्ने म्याद १५ दिन थप गरेको छ । यो हकप्रदमा अब असोज २ गतेसम्म भर्न पाइनेछ । यसअघि बैंकले भदौ १८ गतेसम्म मात्र हकप्रद भर्ने म्याद तोकेको थियो । केही लगानीकर्ताको आग्रहमा हकप्रद भर्ने म्याद थप गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सीटीसी मल सुन्धारास्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
बैंकले गत साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड रुपैंया बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रदको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । लगानीकर्ताले सीटीसी मल सुन्धारा स्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । सेन्चुरीले केही समय अघिमात्र इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको थियो ।

यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम भएको चुक्ता पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गरेको हो । यो हकप्रद सेयर गाभिएका अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले पनि भर्न पाउनेछन् । तर एक्वायर गरी एकीकृत कारोबार सुरु गरिसकेको सगरमाथा फाइनान्सका सेयरधनीले भने यो हकप्रद भर्न पाउने छैनन् ।
प्रकाशित मितिः२०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १०:४५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...