back
NMB ad

कालोबजारी र खाद्यान्नमा मिसावट गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने आपुर्तिमन्त्रीको चेतावनी

Kumari bank ad

काठमाडौ । आपुर्तिमन्त्री शिवकुमार मण्डलले कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे ।

उनले भने,‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अतिआवश्यक वस्तुहरुमा मिसावट गर्नेलाई हामी कुनै पनि हालतमा उन्मुक्ति दिँदैनौं, ठुला ठुला उद्योगपतिहरु कालोबजारीया, कृत्रिम अभाव र खाद्यान्नमा मिसावट गरेको भन्ने कुरा थाहा पाएका छौं, अब उनीहरुको नाम हामी छिट्टै सार्वजनिक गर्छौं, र कानुनी दायरामा ल्याएरै छाड्छौं, कडाभन्दा कडा कारवाही गर्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले अतिआवश्यकीय वस्तुहरुमा घातक कुराहरु मिसावट भएको पाईएकोले आफूहरुले अनुशन्धान र निगरानी बढाईरुहेको जानकारी दिए ।

उनले थपे,‘स्वस्थ रुपमा बाँच्न पाउने अधिकारमाथि खेलबाड भएको पाईए, हामी जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गरेरै छाड्छौं।’ मण्डलले अहिले खाद्यान्न आपुर्ति सहज भएको समेत जिकिर गरे । उनले थपे,‘हामीले सुपथ मुल्यमा हिजोबाट पसलहरुपनि सञ्चालनमा ल्याएका छौं, दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरेर हामीले सुपथ मुल्यका पसलहरु सञ्चालनमा ल्याएका हौं।’ त्यस्तै उनले यो चाडपर्वसम्म कुनैपनि खाद्यान्नमा वा अतिआवश्यक वस्तुमा मुल्य नबढाउने समेत विश्वास दिलाए ।

डोल्पामा अझैपनि खाद्यान्न अभाव छ अरे नि भनेर पत्रकार धमलाले गरेको एक प्रश्नमा मन्त्री मण्डलले भने,‘ऋषिजी, तपाईले भनेजस्तै डोल्पाका साथीहरु मन्त्रालयमा डेलिगेशन आउनुभएको थियो, मैले निमित्त डिजीलाई तत्काल कुन माध्यमबाट हुन्छ खाद्यान्न पुर्याउन निर्देशन दिएको छु।’

प्राकाशिति मितिः २०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १७:१८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...