back
NMB ad

४२ मेगावाटको मिस्त्रि खोला जलबिद्युतको काम दु्रत अगाडि बढ्यो

Kumari bank ad

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रि खोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले विगत १६ महिनादेखि आफ्नो निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ।

नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध रहने यस आयोजनाको दुई हजार ३०० मिटर सुरुङमागबाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालिगण्डकी नदीको किनारमा रहने विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। पूर्वाधार निर्माणमा परिचालन भएको हाइ हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९५८ मिटर लामो सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इञ्जिनियरिङका आवासीय इञ्जिनियर दिवाकर खड्काले बताए।

सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको यस आयोजनाबाट आगामी सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ। आयोजनाको सुरुङमार्गभित्र नै ११५ मिटर लामो, साढे आठ मिटर चौडाइ र १३ मिटर गहिराइका दुई वटा बालुवा थिग्र्याउने पोखरीसमेत निर्माण भइरहेको छ। जसको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

आयोजनाको बाँध निर्माणको अधिकांश काम सम्पन्न भएको र विद्युत्गृहतर्फको पूर्वाधार निर्माणलाई दु्रत गति दिएको आयोजनाले जनाएको छ। आयोजनाको विद्युत्गृहतर्फको २६ प्रतिशत, पेनस्टक पाइएको १८ प्रतिशत र सुरुङमार्ग भित्रको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खड्काले जानकारी दिए।

विद्युत्गृहतर्फको कामलाई प्रभावकारी बनाउन नारच्याङस्थित आवासगृहबाट सिसीटिभीमार्फत अवलोकन गर्ने व्यवस्थासमेत गरिएको छ। वर्षाले निर्माण कार्यलाई केही प्रभाव पारे पनि संरचना निर्माणको काम नरोकिएको आयोजनाले जनाएको छ। यस आयोजनामा अहिले २५६ जना कामदार परिचालन छन्।

साढे पाँच अर्बभन्दा बढी लागत अनुमान गरिएको यस आयोजनाले जलविद्युत्को निर्माण कार्य पूर्वनारच्याङमा छ किमी सडक विस्तारसँगै तीन वटा मोटरेवल पुल निर्माण गरेको जनाएको छ। रासस

प्रकाशित मितिः२०७४ भदौ १९

वि.सं.२०७४ भदौ १९ सोमवार १४:४३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...