back
NMB ad

हाइड्रोको आइपीओ बाँडफाँट हुँदै, भदौ ३० गतेको मिति ख्याल गर्नुहोस्

Kumari bank ad

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रबार (भदौ ३० गते) बाँडफाँट हुने भएको छ । नेपाल हाइड्रो डेभलपरले भदौ ३० गते ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई दिईनेछ ।

आइपीओमा १ लाख ७३ हजार ९८३ जनाले १ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका थिए ।

यसआधारमा, सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६२ हजार ७०० कित्ता सेयर न्यूनतम १० कित्ताको दरले बाँडफाँड गर्दा ३६ हजार २७० जना आवेदकले मात्र सेयर पाउनेछन् ।

धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न सकिने नियम छ । यसरी, गोलाप्रथाबाट बाँडफाँट गर्दा नेपाल हाइड्रोमा कुल आवेदक मध्ये २०.८४ प्रतिशतले मात्र सेयर पाउने भएका छन् ।

हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी २६ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मितिः २०७४ भाद्र २५

वि.सं.२०७४ भदौ २५ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...