काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई १२० प्रतिशत हकप्रद जारी गर्न असोज १८ मा बुक क्लोज गर्ने भएको छ । त्यसैले असोज १७ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । १७ गते शनिबार परेका कारण सेयधनीले असोज १६ सम्ममा उक्त सेयर किनिसक्नुपर्ने हुन्छ ।
बैंकले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्रबाट अनुमति पाइसकेको छ । अनुमतिअनुसार बैंकले १ः१.२ को अनुपातमा १०० रुपैयाँ अंकित २६ लाख ४३ हजार ५३८.८० कित्ता हकप्रद निष्काशन गर्नेछ ।
उक्त हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रकाशित मितिः २०७४ असो ३
वि.सं.२०७४ असोज ३ मंगलवार ११:२९ मा प्रकाशित