back
NMB ad

उत्तर कोरियाले चेतावनी दिंदै भन्यो,अमेरीकाले ठूलो मूल्य चुकाउनुपर्छ अब !

Kumari bank ad

उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विक्षिप्त रहेको र प्रमाणु हतियार बनाउने आफ्नो देशको निर्णयलाई ट्रम्पले सही साबित गरेको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संमयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाको गतिविधिले आफूहरु आत्मरक्षाका लागि सैन्य रुपमा तयार हुन बाध्य भएको र उत्तर कोरियालाई पूर्ण रुपले ध्वस्त पार्ने बताएका थिए ।

ट्रम्पको भनाईको जवाफमा उत्तर कोरियाका नेता किमले राष्ट्रिय सञ्चारमाध्य मार्फत जारी गर्दै अमेरिकाले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । उत्तर कोरिया नेता किमले यसरी व्यक्तिगत वक्तव्य कम मात्रै दिने गरेका छन् । उनले वक्तव्यमा ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।

ट्रम्पको सम्बोधनका कारण थप परमाणु कार्यक्रम आवश्यक रहेको पुष्टि गरेको उनको भनाई छ । ट्रम्पले सम्बोधनका क्रममा नेता किमलाई ‘रकेट म्यान’ को रुपमा परिभाषित गर्दै उहाँ ‘आत्महत्या मिसन’ मा रहेको बताएका थिए ।

पछिल्ला केही महिनादेखि उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उत्तर कोरिया र अमेरिकाबिचको सम्बन्ध तनावपूर्ण बनेको छ । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेका छन् ।

प्रकाशित मितिः २०७४ असोज ६

वि.सं.२०७४ असोज ६ शुक्रवार १२:२२ मा प्रकाशित

You can share this post!

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...