back
NMB ad

कुमारी बैंकद्वारा नयाँ कोर बैंकिङ सफ्टवेयर फिनाकल–१०को खरिद

Kumari bank ad

काठमाडौं । अत्याधुनिक बैकिङ्ग सेवा पुर्याउँने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नयाँ कोर बैंकिङ सफ्टवेयर खरिद गर्नका लागि मल्टिनेशनल सफ्टवेयर कम्पनीं इन्फोसिस लिमिटेड (Infosys limited) सँग फिनाकल–१० कोर बैकिङ्ग सिष्टम लेटेस्ट भर्सन सफ्टवेयर खरिद गर्ने सम्झौता गरेको छ ।

ग्राहकवर्गको सुविधालाई मध्य नजर गर्दै बैंकले सेवा चुस्त र प्रभावकारी बनाउन लागेको बताएको छ । फिनाकल संसारभरि चलेको उच्चस्तरीय बैंकिङ सफ्टवेयरमध्ये एक हो । कोर बैंकिङ सफ्टवेयर लागू भएपछि ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने क्षमतामा वृद्धि हुने विश्वास बैकको रहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले फिनाकल सिस्टमबाट ग्राहकले थप गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । फिनाकल सफ्टवेयर विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ । नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेयरको प्रयोग सन् १९९६ देखि हुँदै आएको छ । हाल नेपालमा ११ वटा बैंकले यो सफ्टवेयरको प्रयोग गरेका छन् । कुमारी बैंकका सिइओ भण्डारी तथा इन्फोसिस्का डाइरेक्टर अंकुर सक्सेनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमै सर्वप्रथ ‘ईन्टरनेट बैंकिङ्कको’ सुरुवात कुमारी बैंकले गरेको हो । हाल कुमारी बैंकले ७४ शाखा तथा २ वटा एक्सटेन्सन काउन्टरहरुवाट सेवा प्रदान गरिरहेको छ । यसका अतिरिक्त बैंकका एटिएम संख्या ५७ पुगेको छ ।

प्रकाशित मिति : ८ असोज २०७४

वि.सं.२०७४ असोज ८ आइतवार १३:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...