back
NMB ad

एक बोतल पानीको पर्छ १ करोड रुपैयाँ ! किन्छ कसले ?

Kumari bank ad

पृथ्वीको तीन तिहाई हिस्सा पानीले ओगटेको छ, तर पनि पानीका लाविग संघर्ष जारी नै छ । विश्व जनसंख्याको ठूलो हिस्सा अहिले पनि स्वच्छ पिउने पानीबाट बच्छित छ ।

पानी सर्वसुलभ पनि छ, दुर्लभ पनि अनि सस्तो पनि छ र महंगो पनि, मंगोमा पनि यति महंगो कि हामीले त्यसको मूल्य कल्पनै गर्न सक्दैनौं । अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड पर्दछ । खासमा यो पानीको बोतल किनिरहँदा क्रेतालाई मैले पानी किनिरहेको छु भन्ने भान नै हुँदैन । सायद मैले कैयन् वर्ष पूरानो कुनै बहुमूल्य पदार्थ वा अमृत किनिरहेको छु भन्ने लाग्ला ।

करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो छैन । पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ, उत्पादनका लागि । त्यसपछि कम्पनीले उक्त पानी उत्पादन गरेर सिधै अमेरिकाको बेवर्ली हिल्सबाट उपभोक्तासम्म पुर्याउँछ ।

तर, यो पानी सायद खानका लागि होइन, लक्जरी कलेक्सन हो । बोतलको बिर्को सुनको बनाइएको छ । जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २५० वटा कालो हिरा जडित छन् । हरेक बोतलका लागि छुट्टा छुट्टै खोल बनाइएको छ ।

उक्त बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स ९ढण्ज्द्दइ० राखिएको छ । कम्पनीको मूख्यालय क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ । कम्पनीले अग्लो झरनाबाट पानी संकलन गर्दछ ।

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार १३:४८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...