back
NMB ad

विश्वकपमा जान अर्जेन्टिनालाई अर्काे झड्का

Kumari bank ad

काठमाडौ। विश्वकपमा छनोटका लागि संघर्षरत अर्जेन्टिनालाई अर्को धक्का लागेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार भएको खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको छ ।

घरेलु मैदानमा भएको खेलमा मेस्सीले पनि अर्जेन्टिनालाई जित दिलाउन सकेनन् । दोस्रो हाफको सुरुमा नै उनको प्रहार पोलमा लागेर फर्किएको थियो । यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जेन्टिनाको समान अंक भएपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।

अर्जेन्टिनाले अब छनोट चरणको अन्तिम खेल इक्वेडरसँग खेल्नेछ । अब विश्वकपमा छनोट हुन अर्जेन्टिनाले यो खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा पनि भर पर्नु पर्नेहुन्छ । यो समूहबाट ब्राजिलले रुसको टिकट पक्का गरिसकेो छ । दोस्रो स्थानमा रहेको उरुग्वेको २८ अंक छ भने तेस्रो स्थानमा रहेको चिली र चौथो स्थानमा रहेको कोलम्बियाको समान २६ अंक छ ।

अन्तिम खेलमा उरुग्वेले बोलिभियासँग, चिलीले ब्राजिलसँग र कोलम्बियाले पेरुसँग खेल्नेछ । एक अंकले अर्जेन्टिना भन्दा पछाडि रहेको पाराग्वेले भेनेजुएलाको सामना गर्नेछ ।

प्रकाशित मितिः २०७४ असोज २०

वि.सं.२०७४ असोज २० शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...