back
NMB ad

प्रजातान्त्रिक गठबन्धन चुनावी तालमेल गर्न बाध्ये;राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष जबरा

Kumari bank ad

काठमाडौं । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराले ६ दल एक भएर जान चुनावीताल मेल गर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले वाम गठबन्धन निर्माण भएकोले आफूहरुले पनि लोकतान्त्रिक गठबन्धन बनाएको स्पष्ट पारेका हुन् ।

अध्यक्ष जबराले गठबन्धनले छिट्टै साझान्यूनतम कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका छन् । जबराल वामपन्थी गठबन्धन बनेसँगै सबै प्रजातान्त्रिक शक्तिहरुलाई एक ठाउँमा आउनको लागि मद्दत पुगेको स्पष्ट पारे । उनले भने,‘वामपन्थीहरु एक भएकोले हामीहरु प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा आउन उत्साही भयौ ं।’ यद्धपी उनले प्रजातान्त्रिक शक्तिहरु बीचको गठबन्धनमा थुप्रै चूनौतिहरु भएको स्विकार गरे ।

जबराले चुनावीतालमेलको लागि सिट संख्यामा कुरा मिल्ने समेत उनले विश्वास दिलाए । उनले भने,‘सिट संख्या बाँडफाँड गर्ने बारे पनि कुरा मिल्छ, अहिले कांग्रेस उदार हुन बाध्य छ, सरकार टिकाउनको लागि पनि आफ्नो पार्टनरको रक्षा गर्नु पर्छ, तुलनात्मक रुपमा कांग्रेस उदार छ ।’

त्यस्तै जबराले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी र आफ्नो पार्टीवीच साझा चुनाव चिन्ह लिएर चुनावमा जानेबारे छलफल चलिरहेको बताए । जबराले कमल थापा नेतृत्वको राप्रपासँग पनि चुनावी तालमेल हुने उनले बताए । उनले थपे,‘यो हाम्रो बाध्यता हो ।’

प्रकाशित मितिः २०७४ असोज २१

वि.सं.२०७४ असोज २१ शनिवार १८:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...