back
NMB ad

स्वास्थ्य संस्थाका सेवाग्राही बढे

Kumari bank ad

सर्मिला डिसी \घोराही  ।  घोराही नगरपालिकाले सन्चालनमा ल्याएको नगर स्वास्थ्य केन्द्रमा एक महिने बालकलाई खोप दिलाउन आएकी पूर्णिमा बिक स्वास्थ्य सेवा लिन पाएकोमा दङ्ग छिन् । उनले खुशी हँुदै भनिन् ‘टाउँको दुख्यो वा पेट दुख्यो, ज्वरो आयो भने धामीझाँक्री बोलाउने, कुखुरा काट्ने गरिन्थ्यो, अब स्वास्थ्य सेवा लिनु पर्छ भन्ने बुझ्यौ, केही स्वास्थ्य समस्या देखियो भने स्वास्थ्य केन्द्रमा नआएर त चित्तै बुझ्दैन । अहिले घर आँगनमै स्वास्थ्य केन्द्र छ । हामीलाई धेरै सजिलो भएको छ । निकै खुशी पनि छौं ।’
स्थानीय पूर्णिमा बिक मात्र होइन नगर क्षेत्रमा स्वास्थ्य सेवा लिनेहरूको संख्या पछिल्लो अवधिमा ह्वात्तै बढेको छ । त्यस भेगमा स्थानीय स्वास्थ्य संस्थामा सेवा लिनेहरूको भीड नै लाग्न थालेको छ । घोराही नगरपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन गरेपछि अन्य क्षेत्रमा झै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय सुधार आएको हो ।
नगर स्वास्थ्य केन्द्रमा भेटिएकी पूर्णिमाले भनिन्, ‘पहिले ज्ञान भएन । सानैमा भागेर विहे गरियो । यो मेरो दोस्रो बच्चा हो । यसलाई चिसो लागे जस्तो छ, नाक सुकेको छ, खोप पनि लगाउनुपर्ने छ । त्यसैले घरमा ढोका बन्द गरि स्वास्थ्य केन्द्रमा आएकी हुँ । स्वास्थ्य केन्द्रमा गर्भवती भए नभएको चेकजाँच गराएदेखि ४ महिनाबाट आईरन चक्की खान शुरु गरेकी हुँ । स्वास्थ्य केन्द्र मै आई सुत्केरी भएकी हुँ ।’
बालमैत्री स्थानीय शासन अवलम्बन गरेपछि बाल बचाउ अभियान अन्तर्गत गर्भवती आमाको स्वास्थ्य जाँच तथा सुरक्षित सुत्केरी र बालबालिकाको खोप अभियानमा सतप्रतिशत नागरिक सुसूचित र सचेत हुनुपर्दछ । सेवाप्रदायक संस्थाले पनि गुणस्तरीय सेवा दिनु पर्दछ ।
‘गर्भावस्थामा राम्रो चेकजाँच, स्याहार सुसार भएन भने बच्चा र आमा दुबैको ज्यान जोखिममा हुन्छ । त्यसैले बुहारीसँगै स्वास्थ्य केन्द्र आएकी छु’ स्वास्थ्य केन्द्रमा गर्भवती बुहारीको स्वास्थ्य जाँच गराउन आएकी सासु कमला नेपालीले भनिन् ।
‘कति लाजमर्दो कुरा, अहिले भन्नपनि लाज लाग्छ मलाई हाम्रो पालामा कहाँ स्वास्थ्य चौकी, अस्पताल जानु ? घाँस दाउरा गर्दागर्दै छोराछोरी जन्मिन्थे । केही स्याहार सुसार पनि हुँदैनथियो । सबैजना काममै व्यस्त तर अहिले बुढो पनि हुन थालियो । शरिर कमजोर भएको महसुस हुन्छ’ नेपालीले भनिन् । राम्रो ज्ञान नभएका कारण छिमेकीमा एकजनाको पाठेघर खसेको बताएकी कमलाले आफुमा अहिले सबै कुराको ज्ञान भएकोले छोरी समान बुहारी हुन्, त्यसैले बुहारी सीता र जन्मने शिशुको सुरक्षाका लागि अस्पताल लिएर आफै आएकी उनले बताईन् ।
‘पहिला पहिला समुदायका मानिसहरू विरामी पर्दा धामीझाँक्रीकहाँ जाने गर्दथे, तर अहिले स्वास्थ्य केन्द्रमा आउन थालेका छन् ।’ घोराही नगर स्वास्थ्य केन्द्रका प्रमुख कविता शर्माले भनिन्— ‘धामिझाँक्री छोडेर स्वास्थ्य केन्द्रमा जाँच गराउन आउनु नै स्वास्थ्यमा पहँुच बढेको हामीले ठानेका छौ ।’
स्वास्थ्य संस्थाहरूमा प्रारम्भिक स्वास्थ्य परामर्श प्रदान गरिन्छ । खास गरेर प्रजनन् स्वास्थ्य र खोप सेवाहरू सन्चालनमा आएका छन् । स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गर्नेको भीड नै लाग्ने गर्दछ । शर्माले भनिन्— ‘गर्भवती महिलाहरू नियमित चेकजाँच गर्न आउँछन् । उनीहरूलाई पोषणयुक्त खाना, खोप, तौल आदि विषयमा जानकारी दिइन्छ । उनीहरूलाई भिटामिन तथा आइरन चक्की निःशुल्क उपलब्ध गराउने गरिएको छ ।’
स्वास्थ्य केन्द्रमा श्रीमती दिलकुमारी सुनार र ३ महिने बच्चा लिएर आएका अर्जुन सुनारले श्रीमति सुत्केरी हुनु अघि र सुत्केरी भइसकेपछि निकै ख्याल गरेको बताए । गर्भवती अवस्था र त्यसपछि आवश्यक चेकजाँच गराउन बच्चा र आमालाई लिएर आएको उनले बताए । ‘४, ६, ८ र ९ भमहिना सम्म स्वास्थ्य केन्द्र आउदै नियमित चेकजाँच, आईरन चक्की, विभिन्न खोप लगाउन ल्याउने परामर्श स्वास्थ्यकर्मीले दिएकाले निमित आउने गरेको छु’ सुनारले भने ।
घोराही नगरपालिकाले विकट र विपन्न समुदायको बसोबास भएको क्षेत्रको पहिचान गरि स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको र उक्त कुरा बालभेलबाट माग भएपछि नै योजना बनाई कार्यान्वयनमा ल्याइएको पनि बालमैत्री स्थानीय शासन सम्पर्क अधिकृत सुबोध रेग्मीले बताए ।
विद्यालय र टोलबाट नगरस्तर सम्मको बाल भेलामा स्वास्थ्य केन्द्र सञ्चालनको माग गरिएको थियो त्यसैले स्वास्थ्य केन्द्र स्थापना गरेका हौं । अहिले त्यहाँ राम्रो भएको छ, त्यस गाउँँका मानिसहरू निकै खुशी छन्, रेग्मिले भने ।
अहिले पनि कतिपय ग्रामीण भेगका मानिसहरूमा स्वास्थ्य केन्द्रमा गई स्वास्थ्य जाँच गराउने र सुत्केरी पनि स्वास्थ्य केन्द्रमा गराउनु पर्छ भन्ने चेतना छैन । त्यसैले आमा र शिशुको ज्यान जोखिममा पर्ने गर्दछ, रेग्मीले भने । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन जनार्दन गौतमले घोराहीमा होम डेलीभरीको सुविधा नभएको दाबी गरेका छन् ।
बाल वचाउँका ८ वटा सूचक पुरा भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन राम गौतमले बताए । ६४ जना महिला स्वयंसेवीका खटिएका छन् । उनीहरू गर्भवती भएको घरमा पुग्ने गर्छन् । प्राप्त प्रतिवेदनका आधारमा भन्ने हो भने गाउँघरका महिलाहरू पनि गर्भवतीको लागि स्वास्थ्य जाँच गराउन आउने गरेका छन्, गौतमले भने । —साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

प्रकाशित मितिः २०७४ असोज २१

वि.सं.२०७४ असोज २१ शनिवार १८:३० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...