काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ ।
१५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ असो २३
वि.सं.२०७४ असोज २३ सोमवार १०:११ मा प्रकाशित