back
NMB ad

१ करोड ८० लाखको आईपीओमा आवेदन दिने आज अन्तिम दिन,तपाई छुट्नुभएको त छैन नि ?

Kumari bank ad

काठमाडौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ भर्ने आज सोमबार (असोज २३ गते) अन्तिम दिन हो । सोमबार कार्यालय समयभित्रमा सपोर्टको आइपीओमा आवेदन दिन सकिनेछ ।

सपोर्टले असोज १८ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यसआधारमा, कर्मचारीले ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुले ९ हजार ५०० कित्ता सेयर पाउनेछन् । बाँकी रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौ तथा सपोर्टको प्रमुख कार्यालय इटहरी उपमहानगरपालिका–२६ सुनसरीबाट आवेदन दिन पाउनेछन् । त्यसैगरी, आस्वा अनुमति पाएका सम्पूर्ण बैक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७४ असो २३

वि.सं.२०७४ असोज २३ सोमवार १०:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...