काठमाडौ । सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्री बुधबार (असोज २५ गते)देखि खुला भएको छ । क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ निष्काशन गरेको हो ।
लगानीकर्ताले छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइनेछ । इकाइमा कम्तिमा एक सय इकाई अर्थात १ हजार रुपैंयादेखि बढिमा २४ लाख इकाई अर्था २ करोड ४० लाख रुपैंयासम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वा आस्वा प्रणालीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवदेन दिन सकिनेछ । बन्द मुखी योजनाको अवधि १० वर्षको रहेको छ ।
प्रकाशित मितिः २०७४ असोज २५
वि.सं.२०७४ असोज २५ बुधवार १२:०३ मा प्रकाशित