काठमाडौ । नागबेली लघुवित्त विकास बैकले लगानीकर्तालाई ४५.४७३६८५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५२६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको बिहिबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ५ करोड २५ लाख रहेकोमा बोनसपछि कम्पनीको चुक्ता पुंजी ७ करोड ६३ लाख पुग्ने छ ।
यस्तै विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाँश दिने भएको छ । कम्पनीको
बिहिबारको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
प्रकाशित मितिः २०७४ साउन २७
वि.सं.२०७४ असोज २७ शुक्रवार १४:३६ मा प्रकाशित