काठमाडौ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरणपश्चात् १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस र बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय लिएको हो ।
हाल लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ। १५ प्रतिशत बोनस सेयरपछि भने चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ हुनेछ । यो पुँजीबाट १०० प्रतिशत हकप्रद निष्काशनपछि स्वदेशीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ असोज २९
वि.सं.२०७४ असोज २९ आइतवार ११:४९ मा प्रकाशित