back
NMB ad

सरकारी दरबन्दी नहुँदा, चौंरीपालेर विद्यालय सञ्चालन

Kumari bank ad

म्याग्दी । सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएपछि म्याग्दीका दुईवटा विद्यालयले संयुक्त रुपमा लगानी गरी चांैरीपालेर त्यसबाट हुने आम्दानीे शिक्षकलाई तलब खुवाउने र भौतिक तथा शैक्षिक पूर्वधारमा खर्च गर्ने गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पाउद्वार मावि र वडा नं–८ को हिमाञ्चल मावि नागीले चौंरीपालन गरी त्यसको आम्दानीले विद्यालय सञ्चालन गर्दै आएको हो ।

खयरबराह क्षेत्रमा चौंरीपालन गरी चौंरीको आलो रगत र मासु बिक्रीबाट वार्षिक हुने आम्दानीले निजी स्रोतका शिक्षकको तलब भत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रगी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकाससम्बन्धी विभिन्न गतिविधिमा खर्च गर्दै आइरहेको हिमाञ्चल मावि नागीका प्रअ रमन पुनले बताए ।

दुबै विद्यालयले विद्यालयको आन्तरिक आम्दानीलाई दिगो बनाउन करिब एक दशक अगाडि देखि चौंरीपालन गर्दै आइरहेको पाउद्वार माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद तिलिजाले बताए ।

अहिले १६८ वटा चौंरी रहेका र ती चौंरीबाट वार्षिक रु १० लाख आम्दानी हुने गरेको तिलिजाको भनाइ छ ।

साउन र फागुन महिनामा चौंरीको आलो रगत पिउने र मासु बिक्रीबाट हुने आम्दानीलाई खर्च कटाएर दुईवटा विद्यालयले आम्दानी बाँडफाँड गर्ने गरिएको छ ।

दुईजना कर्मचारीलाई प्रतिव्यक्ति रु १२ हजार तलब, लत्ता कपडा, जंगली जनावरको आक्रमणबाट जोगिने औजारका साथै खाद्य साम्रगीलगायतका सुविधा उपलब्ध गराउने गरेको संयुक्त चौंरीपालक कृषक समूहले जनाएको छ ।

मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली क्षेत्रमा चौंरीपालन सम्भव देखिएपछि दुबै विद्यालयले आफ्नो लगानीमा चौंरी भित्र्याएका थिए । “दुबै विद्यालयका प्रतिनिधि आवश्यकताअनुसार चरन क्षेत्रमै पुगेर चौंरीको हेरचाह गर्ने गरेका छौंँ” हिमाञ्चल माविका प्रधानाध्यापक रमन पुनले भन्नुभयो ।

उनका अनुसार चौंरीबाट भएको आम्दानीले निजी स्रोतका दुई÷दुईजना शिक्षकलाई तलब भत्ता दिनुका साथै शैक्षिक गतिविधिमा राहत मिलेको छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १४:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...