back
NMB ad

अब कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

Kumari bank ad

बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । यस्तै सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारउपर सोमबार दाबी विरोध उजुरी दिने कार्यतालिका रहे पनि बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेपछि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन् भने बाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी प्रतिनिधि सभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रदेश सभाका लागि बैतडी क्षेत्र नं १मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी, बाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका तर्फबाट गणेश चन्द, बाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का लीलाधर भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।रासस

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १२:४८ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...