back
NMB ad

कम्पनिको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, मौका नगुमाउनुहोस् !

Kumari bank ad

काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने मंगलबार (आज) अन्तिम हो । सिद्धार्थले बुधबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।

बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा मंगलबार नै सेयर किनिसक्नुपर्नेछ । पुराना सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । इन्सुरेन्सले कात्तिक २९ मा गर्ने साधारण सभामा गत वर्षको कमाईबाट २० प्रतिशत बोनस र १.०५३ प्रतिशत (कर प्रयोजनको लागि) लाभांश दिने प्रस्ताव पेस गर्दैछ ।

साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीबाट ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पेस गर्नेछ । कम्पनीले निर्जीवन बिमा कम्पनीलाई तोकिएको न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बोनस र हकप्रदको बाटो समाएको हो ।

प्रकाशित मितिः २०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...