back
NMB ad

आजसम्म बर पाउनुभएको छैन ? चिच्याएर बर माग्ने भए पाल्पा जानुस्

Kumari bank ad

पाल्पा । तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ ।रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवतीताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा शुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको यो मेलामा नेपाललगायत भारतीय क्षेत्रबाट समेत धार्मिक पर्यटकको ओइरो लागेको छ । रातको समय सत्यवती तालमा लिंगो गाडेर बिहान सोहि लिंगो चिनेर पूजा गर्ने चलन छ ।

रातमा पुगेर बिहानै सत्यवती बजैका मन्दिर छोडनुपर्ने धार्मिक मान्यताका कारण आफू दिउँसोमा मन्दिर नपुगेको तानसेनका कमल तिमिल्सेनाले बताए । सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताए । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ । मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ । सत्यवती बजैको लागि परेवा र बाख्राको बलि दिने चलन पनि छ ।

कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यहाँ मेला लाग्ने गर्दछ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मन्दिरमा पूजा गर्न आउनेको संख्या बढिरहेका छन् । विगत दुई दिनमा ५० हजार भन्दा बढीले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताए । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलबस्तु र भारतबाट समेत यहाँ दर्शन गर्न आउने श्रद्धालुहरुको संख्या वर्षेनी बढ्दो छ ।

सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर बर माग्ने चलन छ । रातको समयमा हजारौंँले मानिसले एकैपटक चिच्चाएर बर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ । पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ । करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि रमणीय सत्यवती तालमा प्रकृतिसँग मनोरञ्जन लिन सकिन्छ ।

तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले यो रमणीय प्रकृति ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १५:०१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...