back
NMB ad

बजार परिसूचक ह्वात्तै घटेर नेप्से १५ सय अंकभन्दा तल झरेपनि कमाउनेमा को–को परे ?

Kumari bank ad

काठमाडौ । आइतबार सेयर बजार २६.३५ अंकले घटेर १४९६.४६ अंकमा झरेको छ । यसदिन व्यापारिकबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १५७.०६ अंकले घटेको छ । व्यापारिक समूह भने २.७ अंकले बढेको छ ।

1

परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख छ हजार चार सय चार कित्ता सेयर सात हजार तीन सय १८ पटक खरिदविक्री हुँदा ६३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड तथा नेपाल टेलिकम, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एनबि बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, जनता बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा १८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । समता माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८७ प्रतिशत र ङादी ग्रुप पावरका सेयरधनीले ५.२२ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त, महुली सामुदायिक लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ललितपूर फाइनान्स, भार्गव विकास बैंक, छ्याङ्दी हाइड्रो, एनआईसी एशिया बैंक, मल्टिपर्पोज फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

2

प्रकाशित मितिः २०७४ कार्तिक १९

वि.सं.२०७४ कात्तिक १९ आइतवार १७:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...