back
NMB ad

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा

Kumari bank ad

विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार बेलायतकी महारानी एलिजाबेथ द्वितियसहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ ।

प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक करोड ३४ लाख कागजात छन् । चुहावट भएको दस्तावेज अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारका बाणिज्य मन्त्रीको अमेरिकाले प्रतिबन्ध लगाएको रुसी कम्पनीमा शेयर रहेको पनि खुलेको छ ।

विश्वभरका एक सय भन्दा बढी सञ्चार संस्थानले यि कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । गएको वर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यि कागजात प्राप्त गरेको थियो ।

यि दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्शियम अफ इन्वेस्टिगेटिव जर्नालिस्ट्स (आइसिआइजे) ले गरेको छ । अब यो हप्ता भरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तिय अवस्थाको जानकारी सार्वजनिक हुने भएको छ ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १४:३९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...