back
NMB ad

उद्योगीहरु तनावमा:कारण चन्दा आतंक

Kumari bank ad

पथरी, मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् ।

एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् । उनले भने, “धेरै दलहरुले चन्दा मागेका छन् कसलाई दिनु कसलाई नदिनु । राठीका अनुसार एउटै उद्योगीका विभिन्न जिल्लामा उद्योग सञ्चालित छन् । मोरङमा चन्दा दिइएकै दलहरुले अन्य जिल्लामा भएका उद्योगमा पनि चुनावका लागि आर्थिक सहयोग पत्र लेखरै माग्ने गरेका छन् ।

उद्योगमा दलहरुले चुनावी सहयोगका लागि पत्र लेखेरै उद्योगमा पठाउने गरेका कारण उद्योगी तनावमा छन् । त्यतिमात्र होइन टंकी सिनवारीमा रहेको भगवती कार्पेटका व्यवस्थापक उमेश सिग्देलका अनुसार कहिले कुन पार्टीको जिल्ला सम्मेलन, कहिले कुन पार्टीको राष्ट्रिय सम्मेलन, कहिले कहाँको धार्मिक महोत्सव, कहिले कुन पार्टीको आन्दोलनका लागि आर्थिक सहयोग मागेरै पत्र आउने गरेको छ ।

पत्रमा आर्थिक सहयोग भनेर लेखिए पनि रेट तोकेरै उद्योगीसँग बार्गेनिङ गर्ने गरेको उद्योगीले बताएका छन् । त्यतिमात्र होइन विभिन्न धार्मिक संस्कारमा समेत करिडोर क्षेत्रका उद्योगीसँग रेट तोकेरै चन्दा माग्न धेरै आउने गरेका छन् । रासस

प्रकाशित मितिः२०७४ कार्तिक २२

वि.सं.२०७४ कात्तिक २२ बुधवार १५:५९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...