काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।
उक्त प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २८ सम्म बुक क्लोज हुँदैछ । बैंकको साधारण सभा आगामि मंसिर २८ गते हुँदैछ ।
१० प्रतिशत बोनस दिइसकेपछि भने चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ ।
यता माछापुच्छ«े बैंकले १२ प्रतिशत हकप्रद सेयर बाँडफाँटपछि कायम हुने चुक्ता पुँजीमा सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर तिर्ने प्रयोजनका लागि ६ प्रतिशत नगद लाभाँश दिने जनाएको छ ।
उक्त प्रस्ताव आगामि साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । बैंकको साधारण सभा आगामि मंसिर १५ गते हुँदैछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १ देखि १५ सम्म बुक क्लोज गर्दैछ ।
प्रकाशित मितिः२०७४ कार्तिक २४
वि.सं.२०७४ कात्तिक २४ शुक्रवार १२:३४ मा प्रकाशित