back
NMB ad

बैंकको ८०% हकप्रद आजबाट खुल्यो,कहाँ–कहाँबाट आवेदन दिने ? पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । भार्गव विकास बैंकले शुक्रबार (कात्तिक २४ गते) देखि ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १०ः८ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २१ लाख १२ हजार कित्ता बिक्रीमा ल्याएको हो ।

कात्तिक १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । उसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी रहेको छ । बिक्री प्रबन्धकको कार्यालय काठमाडौ तथा भार्गव विकास बैंकको मुख्य कार्यालय सुर्खेतरोड नेपालगंज र यसका अधिकांश शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

त्यस्तै, एनएमबि बैंकको उपत्यकाभित्रका शाखा कार्यालयहरु कलंकी, चाबहिल, कुमारीपाटी र सूर्यविनायक तथा उपत्यकाबाहिर तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेनद्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन र विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिनेछ ।यो हकप्रद सेयर मंसिर २८ गतेसम्म भर्न पाइनेछ ।

हाल भार्गवको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । हकप्रद निष्काशनपछि यसको चुक्ता पुँजी ४७ करोड ५२ लाख रुपैयाँ हुनेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक २४

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...