back
NMB ad

हाथवे इन्भेष्टमेन्ट आफ्नै कम्प्लेक्समा

Kumari bank ad

काठमाडौं । आइएमई समुहद्वारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड काठमाडौं महानगरपालिका–२६, लैनचौर स्थित आफ्नै भवनहाथवे कम्प्लेक्समा सरेको छ ।

नयाँभवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरेका हुन् । सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थीती थियो । स्थापनाको छोटो समयमा नै पुँजिबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । पुँजिबजारका अलवा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, वीमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एनवि इन्स्योरेन्स कम्पनी लि. र अरुण फाईनान्स लि. को शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापुर्वक संचालनमा ल्याएको छ ।

hathway 11

उद्घाटनको अवसरमा मन्तव्य दिँदै अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानीकम्पनीको रुपमा स्थापित गराउने बताए । यसै गरी प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहका विचमा कम्पनीले गरेको प्रगती यसै कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको चर्चा गरे ।

नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी (Over The Counter) मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्रिगर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद विक्रीगर्न सक्ने र कम्पनीको रु ५० प्रतिकित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ४ सोमवार २३:०४ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...