back
NMB ad

ऐतिहासिक मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने

Kumari bank ad

मुसीकोट । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ ।

तत्कालीन बाइसे÷चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो ।

नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार भ्यु टावर निर्माणका लागि चालू आर्थिक वर्षमा रु आठ लाख वजेट विनियोजन गरिएको छ । संग्रहालय निर्माणका लागि रुरु–रेसुङ्गा विकास समिति, पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले निरीक्षण र अनुगमन गर्ने भएका छन् । विस्तृत अनुगमन र सर्वेक्षणपछि केन्द्रीय बजेटमा थप हुने अपेक्षा नगरपालिकाको छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा पर्ने सो दरबार क्षेत्रमा तारबार लगाउने काम पनि शुरु भएको छ । दलहरुले यसको संरक्षण र प्रवद्र्धनका लागि चुनावी मुद्दा बनाउँदै आएका छन् ।

छिमेकी भारतबाट विसं १५०० तिर आएका विजयसिंह ठकुरीले यहाँ शासन गरेका थिए । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सिंहहरुको राज्य गुमेको थियो । दरबारमा रहेको श्री खड्गदेवीको मन्दिरमा हरेक महानवमीका रात मेला लाग्छ भने मेलामा हुने सराय नाच लोकप्रिय मानिन्छ । पाँच रोपनी क्षेत्रफलमा रहेको यो क्षेत्रलाई पुरातत्व विभागको संरक्षण क्षेत्रमध्येको ग श्रेणीमा राखिएको छ ।

मन्दिरका पूजा व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष पदमसिंह ठकुरी दरबार क्षेत्रलाई थप पर्यटकीय र धार्मिक महत्वको स्थल बनाउनुपर्ने बताउनुहुन्छ । दरबारको छानो उडेकाले हाल त्यसमा पुरातात्विक महत्व झल्कने गरी झिँगटीले छाइएको छ । दरबार क्षेत्र र आसपासमा हाल खानेपानीको अभाव भएकाले स्थानीय बासिन्दा मर्कामा छन् ।

नजिकैको पृथ्वी मावि, बाडगाउँका शिक्षक बाबुराम घिमिरे पनि मन्दिरमा परम्परा धान्ने संस्कृतिले निरन्तरता पाए यसलाई आधुनिकीकरण गरी पर्यटक आकर्षित गराउन सकिनेमा जोड दिनुहुन्छ । सामाजिक विषयका आफ्ना विद्यार्थीलाई दरबारस्थलमा समय समयमा भ्रमण गराउने गरिएको उहाँ बताउनुहुन्छ ।

बाँडगाउँकै विष्णुकुमारी विक सो क्षेत्रमा खानेपानीको समस्या हुँदा आफूहरु दुई घण्टासम्मको उकालो ओरालो गरेर पानी ओसार्न बाध्य भएको गुनासो गर्नुहुन्छ ।

रासस
प्रकाशित मिति ः ६ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ६ बुधवार ०८:०५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...