back
NMB ad

सेयर बजारमा ईन्ट्री मार्दै चन्द्रागिरि हिल्स, साधारण सेयर खुलाउदै

Kumari bank ad

काठमाडौँ । बजारमा राम्रो वित्तिय प्रभाव छाडेको चन्द्रागिरि हिल्सले सर्वसाधरणको लागि सेयर जारी गर्ने भएको छ । हिल्सले शेयर निष्काशनका लागि प्रकृया अघि बढाएको छ । कम्पनीको अर्को साता हुने साधारणसभाले शेयर निष्काशनको निर्णय गर्ने भएको छ ।

सर्वसाधारणलाई विकासमा साझेदार बनाउन सर्वसाधरणमा जाने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले स्थानीय र सर्वसाधरणलार्इ कति शेयर दिने भन्ने बारेमा टुंगोमा पुगेको छैन । ‘स्थानीय र सर्वसाधरणलार्इ कति शेयर जारी गर्ने भन्ने बारेमा छलफल चलिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको साधारणसभा यही पुस २५ गते हुँदैछ । आउँदो साधारणसभाबाट शेयर निष्काशनबारे निर्णय लिने तयारी रहेको कम्पनीका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए । कम्पनी २०७१ सालमै पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।

कम्पनीले साढे तीन अर्ब रुपैयाँ लगानीमा चन्द्रागिरि केवलकार निर्माण गरेको हो । कम्पनीले केवलकार नजिकै लक्जरियस होटल समेत निर्माण गरिरहेको छ । आर्इएमर्इ र भाटभटेनी समूहको लगानीमा यो केवलकार निर्माण भएको हो।

चन्द्रागिरीमा केवलकारसँगै मन्दिर, भ्युटावर, फोरडी हल, प्लेग्राउण्ड, बार तथा रेष्टुरेण्टहरु निर्माण गरिएको छ। नेपाल धितोपत्र वोर्डले दर्ता तथा निष्काशन नियमावली २०७३ मा शेयर बजारमा आउन वास्तविक क्षेत्रका कम्पनीले १० प्रतिशत मात्र शेयर जारी गर्न पाउने प्रावधान ल्याएको छ। यस अघि ३० प्रतिशत शेयर प्राथमिक निष्काशनमा बेच्नै पर्ने बाध्यकारी प्रावधान थियो।

२०७४ पुष १९ गते प्रकाशित

वि.सं.२०७४ पुस १९ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...