back
NMB ad

अमेरिकी उपराष्ट्रपति खर्च विधेयक विफल बनाइएकोमा आक्रोसित

Kumari bank ad

वासिङ्टन । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी उपराष्ट्रपति माईक पिन्सले अमेरिकी सिनेटको आलोचना गरेका छन् । खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको भन्दै उनी आक्रोशित बनेका हुन ।

विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रभाव पर्ने भन्दै उनले भने, “सिरियाली सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीहरूलाई तलब जसरी पनि खुवाउनु पर्छ ।सरकारले यसका लागि छिट्टै कुनै उपाय सोच्ने छ ।”
“तपाईहरू तलब खान योग्य हुनुहुन्छ ।” सेनाका परिवार र सेनाले कुनै चिन्ता लिनुपर्दैन, उनले थपे ।

शनिबारे विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न बाटो खुल्नेमा विफल पारिएपछि उनले सरकार, रिपब्लिकन पार्टी र डेमोक्रेट्सबीच समस्या समाधान गर्न केही प्रगतिका सङ्केत देखा परेको दावी गरे ।

फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन नसकेको हो ।

पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।

खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको छ । ह्वाइट हाउस र संसद्को दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो । – रासस÷एपी

२०७४ माघ ८ गते प्रकाशित

वि.सं.२०७४ माघ ८ सोमवार २०:१२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...