back
NMB ad

अनलाईनबाटै यसरी पाउनुहोस कर सम्बन्धी सम्पुर्ण विवरण

Kumari bank ad

काठमाडौ । कर सम्बन्धी सम्पुर्ण विवरणहरु एकै स्थानमा समावेश गरेर नेपालको एक मात्र कर सम्बन्धि बृहत डाटाबेश नेपाल ट्याक्स अनलाई सार्बजनिक भएको छ । कर सम्बन्धि विभिन्न ऐन, नियम, निर्देशिका, परिपत्र, पुर्वादेश, न्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि फैसलाहरु लगायतका कर सम्बन्धि सुचना, डाटा तथा अन्य आवश्यक विवरणहरु एकै स्थानमा पाईने भएको छ ।

त्यस्ता आबश्यक विवरणका अतिरिक्त नेपालका कर क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुले करको व्यवहारीक द्धिविधाका सम्बन्धमा लेखेका विभिन्न लेखहरु समेत यस वेवसाईटमा पढ्न पाईनेछ भने करदातालाई परेको समस्याको समाधानबारे अनलाईनबाटै कर विज्ञसँग सल्लाह समेत लिन सक्नेछन् ।

अनलाईन पोर्टल केहि समय अगाडि देखि नै चार्टर्ड एकाउण्टेट मुकुन्द देव अधिकारी को सोचले सुरुवात भई सञ्चालन हुदै आएपनि नयाँ टिम समेत समाबेश भई डाटावेशमा व्यापक वृद्धि गरी, वेवसाईट अझ प्रयोगकर्ता मैत्री भएकाले यसलाई अझ धेरै रुचाईने र करको भरपर्दो एवं विश्वसनिय श्रोत वन्ने कम्पनीको बिश्वास व्यक्त गरेको छ ।

अनलाईन सञ्चालक टिमको अध्यक्षमा बद्रि गौतम रहेका छन् । हाल सेवा निवृत्त गौतम लामो समय आन्तरिक राजस्व विभागको निर्देशक पदमा बसी नीति निर्माण लगायतका कार्यहरु गर्दै आएका थिए ।

त्यस्तै विस्तारित नयाँ टिममा, ट्याक्सपर्टका प्रमुख सल्लाहकार तथा चर्चित कर विज्ञ चार्टर्ड एकाउन्टेन्ट शेष मणि दाहाल समेत रहेका छन् । दाहाल हाल ट्याक्सपर्ट मार्फत करदाता शिक्षा तथा साना तथा मझौला करदातालाई निःशुल्क कर सम्बन्धि सेवा, सल्लाह दिईरहेका छन् । नेपालको करमा सम्भावना बोकेका कर विज्ञको रुपमा चिनिएका दाहालले नेपालको करसम्बन्धि विषयमा नियमित कलम चलाउदै आईरहेका छन् ।

टिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कानुनी सल्लाहकार सरोज कृष्ण घिमिरे तथा लामो समयदेखि कर क्षेत्रमा काम गर्दै आईरहेका दिलिप फुयाँल समेत संलग्न रहेका छन् ।

प्रयोगकर्ताले नेपाल ट्याक्स अनलाईन वेवसाईटमा गएर दर्ता गरी आफ्नो व्यबसाय अनुकुलको सदस्यता रकम एक पटक भुक्तानी गरेपछि यसमा रहेका सुचना तथा जानकारीको अधिकतम उपयोग गरी भरपुर फाईदा लिन सक्नेछन् ।

नेपाल ट्याक्स अनलाईनका प्रमुख कार्यकारी दिलिप फुयाँल भन्छन् “हाम्रो टिम जुनसुकै स्तरका करदातालाई सेवा दिन समर्पित भएको छ, नेपालमा करसम्बन्धि एकदमै ठुलो डाटाबेश, तथा पहिलो तथा अन्तिम कर सल्लाहकारको रुपमा कार्य गर्ने भिजन लिएर विभिन्न चर्चित तथा ख्याति प्राप्त व्यक्तित्वहरु एउटै छाता अन्तर्गत आउनुभएको छ । यो सिस्टम नेपालको कर प्रणालीको एउटा कोशेढुङगा बन्नेमा हामी कसैलाई कुनै शंका छैन ।”

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १४:०१ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...