back
NMB ad

यी हुन खर्च विवरण नबुझाएर कालोसूचीमा परेका ९३० जना उम्मेदवार

Kumari bank ad

चितवन । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, माडी नगरपालिकाका १४३, रत्ननगर नगरपालिकाका १४९ र राप्ती नगरपालिकाका १०२ जना रहेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासमेत स्थानीय निर्वाचनको खर्च विवरण कार्यालयमा नबुझाइएको ढकालले बताए ।

यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खर्च विवरण नबुझाउनेमा बढी संख्यामा स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिनिधिसभामा स्वतन्त्रतर्फका सात उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने अन्य साना राजनीतिक दलका उम्मेदवार रहेका छन् । यस्तै, प्रदेशसभामा पनि स्वतन्त्र र साना दलका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि कार्यालयले आग्रह गरेको ढकालले बताए ।

खर्च विवरण नबुझाउने उम्मेदवारको कालोसूची प्रकाशित गर्ने ढकालले जानकारी दिए ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार १०:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...