back
NMB ad

आजै गर्नुहोस बैंकको ४६ करोड ९ लाखको हकप्रदमा आवेदन

Kumari bank ad

काठमाडौ । गण्डकी विकास बैङ्कको ४६ करोड ९ लाख बराबरको हकप्रदमा आवेदन गर्न म्याद सकिन लागेको छ । बैंकले पुस ७ गते शुक्रबारदेखि निष्कासन गरेको ४ बराबर १ को अनुपातको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले निष्कासन गरेको हकप्रद सेयरमा मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

बैंकले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ४६ लाख ९ हजार ८१५ कित्ता शेयर हकप्रद बिक्रीमा ल्याएको हो। बैंकको हकप्रदको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

शेयरधनीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादीका साथमा गण्डकी विकास बैंकका सम्पूर्ण शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगन्ज, नेपालञ्ज, सुर्खेत र तुलसीपुर शाखाबाट समेत हकप्रद फारम प्राप्त गर्न र बुझाउन सकिने क्यापिटलले जनाएको छ ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार १०:२५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...