back
NMB ad

प्रियंका र आश्मासँग सरोजको रोमान्स (भिडियो सहित)

Kumari bank ad

काठमाडौँ । ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब अभिनय छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।

यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै फिचरिङ गरेका थिए । बिहिवार सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द छ ।


गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ ।

 

 

मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । साथै यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको बिजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

२०७४ माघ ११ गते प्रकाशित

 

वि.सं.२०७४ माघ ११ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...