back
NMB ad

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गर्यो पिएचडी कार्यक्रम

Kumari bank ad

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ ।

शुक्रबार वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गरे ।

विगतका शासकका कारणले गर्दा प्रदेश नं ६ शैक्षिक क्षेत्रमा पछाडि परेको उनको भनाइ थियो । “शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडि परेका हौँ”, उनले भने, “विकासको रथ अगाडि बढाउनका लागि मुख्य रथका रुपमा रहेको शैक्षिक क्षेत्र बलियो हुनुपर्छ, त्यो क्षेत्र नै बलियो भएन भने विकास हुँदैन ।”

पिएचडी कार्यक्रमले प्रदेश नं ६ को समग्र विकासका लागि शिक्षाको पनि महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख खनालको भनाइ छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रदेश नं ६ स्रोत साधनले भरिपूर्ण प्रदेश भएको उल्लेख गर्दै भने “प्राप्त स्रोत साधनलाई प्रयोग गर्न सकियो भने प्रदेश नं ६ सबैभन्दा अघि धनी प्रदेश बन्ने छ,” ।

जबसम्म प्रविधिउन्मुख शिक्षालाई अगाडि बढाउन सक्दैनौँ, तबसम्म मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिदैन्, उनले भने ।

प्रतिनिधिसभा सदस्य नवराज रावतले आफूसँग स्रोत साधनलाई परिचालन गरेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।

पिएचडी कार्यक्रमको प्रक्रिया केही महिनाअघि नै शुरु भए तापनि शुक्रबार औपचारिक रुपमा शुरुवात् गरिएको व्यवस्थापन संकायका डिन डा मस्तबहादुर गरञ्जाले बताए ।

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १८:१४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...