back
NMB ad

सडक बालबालिकाको व्यवस्थापन हुन्छ–अध्यक्ष ओली

Kumari bank ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक बालबालिकालाई उचित शिक्षा र सुरक्षाको प्रबन्ध गर्न अब बन्ने सरकारले आवश्यक नीति निर्माण गर्ने बताएका छन् ।

यसै वर्ष रुसमा हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीले विभिन्न माग राखेर शुक्रबार बिहान बुुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले आर्थिक समृद्धिको दिशामा राष्ट्रअघि बढिरहेका बेला सडक बालबालिकालाई पनि व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

“सडक बालबालिकाको विश्वकपमा नेपालले सहभागिता जनाउन जानु आफैँमा खुशीको कुरा हो”, अध्यक्ष ओलीले भने, “यस्ता प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माण गर्न पनि सरकारले सहयोग गर्छ ।”

ज्ञापनपत्र बुझाउँदै सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलमा सहभागी हुने नेपाली टोलीका कप्तान रोशन भुजेलले विश्वकप खेलेर फर्किएपछि आफूहरुको व्यवस्थापनमा सरकारको भूमिका रहने अपेक्षा व्यक्त गरे ।

ज्ञापनपत्रमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्यमा सरकारको ध्यान जानुपर्नेमा ज्ञापन पत्रका जोड दिइएको छ ।

संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि ध्यान दिन आग्रह गरिएको छ ।

यसै वर्ष रुसमा हुने फिफा विश्वकपभन्दा अगाडि आगामी मे १९ देखि २७ तारिखसम्म आयोजना हुन लागेको सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलमा नेपालको सहभागिता सुनिश्चित गरेको हो ।

यो विश्वकपको नारा ‘हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्मदर्ताको अधिकार पाउनुपर्छ’ रहेको छ ।

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...