back
NMB ad

मेगा बैंकको मुनाफा ३८५ प्रतिशतले बढ्यो, हेर्नुहोस यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको छ । बैंकका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खूद मुनाफा गरेको मेगाले पौष मसान्त सम्ममा ३९ करोड ३६ लाख रुपैँया कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो ।

दोस्रोे त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रुपैँयाले वृद्धि भएको छ भने कूल कर्जा ५ अर्ब ४८ करोड रुपैँयाले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुबैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको छ ।

६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खूद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरुमा थप सुधार हुने देखिएको छ ।

रकम रु. हजारमा

२०७४ माघ १४ गते प्रकाशित 

वि.सं.२०७४ माघ १४ आइतवार १६:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...