back
NMB ad

यी हुन् गाडी सुविधा नपाउदाँ माइन्युट च्यात्ने उपमेयर

Kumari bank ad

जनकपुर । जनताको सेवामा समर्पित हुन्छु भनेर निर्वाचित भएका प्रतिनिधीहरुले जनताको काममा सरिक हुन छाडे भने के होला ? जनताको कामलाई भन्दा आफ्नो सेवा, सुविधालाई केन्द्रमा राखेर लफडा झिके के होला ? हो जनकपुरमा यस्तै घटना भएको छ । आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् ।

नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएका छन् । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्ताववमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरिन् । धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको उनले आरोप लगाइन् ।

‘उहाँहरुले मेरो कुरा सुन्नुभएन, आफ्नै ढंगले चल्नुभयो, त्यसैले माइन्युट च्यातिदिएँ, यादवले भनिन् ‘अनुगमन गर्न गाह्रो भयो, मलाई गाडी दिनुस् भन्दा छ महिनादेखि टार्दै आउनुभयो ।’

नगर कार्यपालिकाको बैठकमा आफूले १० बुँदा राखे पनि बैठकको प्रस्तावमा एउटा पनि विषय उल्लेख नभएकोले माइन्युट च्यातेको उनले बताइन् ।

‘मेरो अरु प्रस्ताव नभए गाडीको मात्रै भए पनि लेखिदिनुस्, म स्कुटी लिएर गाउँगाउँ कसरी जाने भनेँ । तर नगरसभा अगाडि केही पनि हुँदैन भन्नुभयो’ उनले भनिन्, ‘म सन्तुष्ट भइनँ । त्यसैले सिग्नेचर गर्दिन भनेर च्यातिदिएँ ।’

२०७४ माघ १५ गते प्रकाशित

वि.सं.२०७४ माघ १५ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...