back
NMB ad

के छ प्राइम बैङ्कको वित्तिय अवस्था ?

Kumari bank ad

काठमाडौं। विभिन्न बैङ्कको वित्तिय अवस्था यतीबेला नाजुक भएको विभिन्न रिपोर्टहरु सार्वजनिक भईरहेका छन् । पछिल्लो समयमा तरलता अभाव संगै बैङ्कहरु कर्जा प्रवाह थर्न नसक्ने अवस्थामा पुगेका छन् ।

पुजीँ बजारमा रहेको तलरता अभाव समाधान गर्नको लागि नेपाल राष्ट्र बैङ्कले विभिन्न चरणमा अर्बौ रकम बजारमा पठाईसकेको छ । तर बैङ्कहरु अझै कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छैनन भन्ने कुरा धेरै बैङ्कको वित्तिय विवरणले देखाएको छ ।

यही समयमा प्राइम बैङ्कको अवस्था कस्तो छ त ? लगानीकर्तारुको कौतुहलतालाई मेट्नको लागि हामीले प्राइम बैङ्कको वित्तिय विवरणको बारेमा जानकारी दिन खोजेका छौ ।

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको यही अवधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको चुक्त पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकले ५ महिनामा एक अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत वर्षको यही अवधिमा भने ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको पूँजी कोष अनुपात १२.७६ प्रतिशत छ भने खराब कर्जा १.४३ प्रतिशत छ। त्यस्तै प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ। बैंकको आधार व्याज दर यही अवधिको एक आर्थिक वर्षमा ७.३० प्रतिशतबाट बढेर १०.७६ प्रतिशत पुगेको छ।

२०७४ माघ १६ गते प्रकाशित

वि.सं.२०७४ माघ १६ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...