back
NMB ad

क-कस्ले पाउने भए प्रिमियरको एफपिओ ? ६ लाख ६५ हजार कित्ता बिहीबार बाँडफाँड हुने

Kumari bank ad

काठमाडौ । प्रिमियर इन्स्योरेन्सको थप नयाँ सेयर बिहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १८ गते बिहीबार बिहान ९ बजे इन्स्योरेन्सको कार्यालयमा सेयर बाँडफाँड हुनेछ ।

विगतको तुलनामा यस पटक कागजी प्रकृया कम भएकाले बाँडफाँड प्रक्रिया केही सहज बनेको क्यापिटलले जनाएको छ । सिआस्वा कार्यान्वायनमा आएको खण्डमा एक सातामा सेयर बाँडफाँड गर्न सकिने क्यापिटलको भनाई छ ।

इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओका लागि १ लाख ८९ हजार वटा आवेदन परेका थिए । उल्लेखित आवेदनबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाको सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो । तर कम्पनीको सेयर १० कित्ताका दरले जम्मा ६६ हजार ५५६ जनाले मात्र पाउने भएका छन् ।

कम्पनीको सेयरमा आवेदन गर्ने एक सय जनामा ३५ जनाले मात्र १० कित्ता सेयर पाउँदा ६५ जना रित्तो हात हुने भएका छन् ।

१०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँमा सेयर बिक्री गरेको कम्पनीले ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । अंकित मूल्य भने अहिलेको चुक्ता पूँजी ४४ करोड ५ लाख रुपैंयामा थप भई ५१ करोड माथि पुग्नेछ ।

बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड नजिक पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप ४२ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । यस क्रममा उसले प्रिमियम वापत संकलन भएको रकमको सदुपयोग गर्नु पर्ने हुन्छ ।

२०७४ माघ १६ गते प्रकाशित

वि.सं.२०७४ माघ १६ मंगलवार १८:३२ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...