back
NMB ad

प्रदेश नं ३ को अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित, प्रदेश सदस्यको पोशाक सभामुखले तोक्ने

Kumari bank ad

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकले पारित गरेको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ ले प्रदेश सदस्यको पोशाक सभामुखले तोके बमोजिम हुने व्यवस्था गरेको छ ।

सामान्यतयाः दौरासुरुवाल र साडीचोलो लगाइने संसदीय परम्परा रहेकामा सम्बन्धित प्रदेशमा आफूखुशी वा कुन वेशभूषाको पोशाक लगाउने भन्ने सभामुखले तोक्ने स्थिति यो कार्यविधिले देखाएको छ ।

पहिलो बैठकले प्रदेशको सभामुखको निर्वाचन यही माघ २७ गतेका लागि निर्धारण गरेको छ ।

प्रदेशसभाबाट कार्यदल गठन गरी स्थायी कार्यविधि तय नगरेसम्मका लागि दलीय सहमतिका आधारमा आजको पहिलो बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको थियो ।

कुल १० पेज, ३० दफा र अनुसूची रहेको सो कार्यविधि प्रतिनिधिसभामा विगतमा लागू गरिएको कार्यविधिकै ढाँचामा देखिन्छ । अन्तरिम कार्यविधिमा बैठक सञ्चालन, अध्यक्षता, बैठकको मर्यादा, शिष्टाचार, प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने विधि, अनुशासनलगायत दफा छन् ।

यस्तै सदस्यको व्यक्तिगत विवरण, सभामुख–उपसभामुखको शपथको ढाँचा अनुसूचीमा राखिएका छन् ।

२०७४ माघ १८ गते प्रकाशित

वि.सं.२०७४ माघ १८ बिहीवार २०:५२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...